दफा ६
सदस्यको पदावधि
(१) परिषद्मा मनोनीत वा निर्वाचित सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । पदावधि समाप्त भएपछि निजहरु पुन मनोनीत वा निर्वाचित हुन सक्नेछन्।
तर, नेपाल सरकारबाट मनोनीत सदस्यहरुलाई नेपाल सरकारले पदावधि समाप्त हुनुभन्दा अगाडि हटाउन सक्नेछ ।
(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्य मनोनीत वा निर्वाचित हुनेछ ।
तर,–
(१) पद रिक्त भएको मितिले साधारणतया तीन महीनाभित्र निर्वाचन वा मनोनयन गरिसक्नु पर्नेछ ।
(२) छ महीनाभन्दा कम अवधिका लागि निर्वाचन वा मनोनयन गरिनेछैन ।